राज्यमन्त्री राईद्वारा १ लाखको अक्षयकोष स्थापना
भोजपुर | असोज २३, २०८१
कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ ।
राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो ।
आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनुभयो ।
“गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ”, राज्यमन्त्री राईले भन्नुभयो, “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ । यसअघि वैशाख १८ गतेका लागि तय गरिए...
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

